खेलकुद समाचार

अफगानिस्तान र पाकिस्तानबीचको सिरिज स्थगित

afghan and Pakistan

८ भदौ, काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय क्रिकेट सिरिज अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि उत्पन्न पछिल्लो घटनाक्रमका कारण सिरिज स्थगित गरिएको हो । पाकिस्तान क्रिकेट बोर्डले अफगानिस्तानको आग्रहपछि सिरिज स्थगित गरिएको जनाएको छ ।

दुई टिमबीचको तीन खेलको एकदिवसीय सिरिज पाकिस्तानमा हुने तय थियो । सिरिज आउँदो सेप्टेम्बर ३ तारिखदेखि सुरु हुने तालिका थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस