सेयर मार्केट

सेयर बजारमा ५६ अंकको पहिरो, यी १९ कम्पनीको मूल्य घट्यो १० प्रतिशत

broker office kathmandu

८ भदौ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेमा ५६ अंकको पहिरो गएको छ । यस दिन कुल १६ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसअघि गत बिहीबार २० अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

फाइनान्स र निर्जीवन बीमा समूह मात्रै बढेका छन् । फाइनान्स ४५, निर्जीवन बीमा ११२ अंकले बढेका छन् । बैंकिङ १९, ब्यापार ६२, होटल तथा पर्यटन १७, विकास बैंक २४३, जलविद्युत २३२, उत्पादन १५७, अन्य ३०, माइक्रोफाइनान्स ३१, जीवन बीमा १४३ र लगानी समूह ५ अंकले घटेका छन् ।

यस दिन जम्मा ३३ कम्पनीको मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ । गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्सको मूल्य ७.४ प्रतिशतले बढेको छ भने नेको इन्स्योरेन्सको ५ प्रतिशतले बढेको छ । जनरल इन्स्योरेन्सको मूल्य साढे ४ प्रतिशतले बढेको छ ।

यस दिन १९ कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ । नेसनल हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, नेपाल हाइड्रो, कालिका पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रो, रुरु जलविद्युतको मूल्य १० प्रतिशतले घटेको छ । पन्चकन्य माइ हाइड्रो, हिमालयन पावर पार्टनर, लिबर्टी इनर्जी, माउन्टेन हाइड्रो, हिमालय उर्जा विकासको मूल्य साढे ९ देखि ९.९ प्रतिशतसम्म घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस