
८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङलाई नियुक्ति गरेको कागजात तीन दिनभित्र झिकाउने आदेश गरेको छ ।
विद्युत प्रधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा सुनुवाई गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश गरेको हो ।
आदेशमा शाक्यलाई नियुक्ति दिन सरकारले गरेको निर्णय, जल तथा ऊर्जा आयोगमा विशेषज्ञ पदमा गरेका नियुक्ति र कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषदको २०७८ साउन २५ को निर्णयका साथै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णय पनि तीन दिनभित्र झिउकाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस