
८ भदौ, काठमाडौं । दक्षिण भारतीय फिल्म इन्डस्ट्रीको बहुप्रतीक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’ रिलिज मिति घोषणा गरिएको छ । प्रशान्त नीलको निर्देशनमा बनेको यो चलचित्र सन् २०२२ अप्रिल १४ मा हलमा रिलिज हुने तय भएको छ । यही जुलाईमा रिलिज हुनुपर्ने यो चलचित्र कोरोना भाइरसको दोस्रो लहरका कारण स्थगित भएको थियो ।
रक्षा बन्धनको मौका छोपेर यसको नयाँ रिलिज मिति घोषणा गरिएको हो । साउथ सुपरस्टार यश र बलिउड अभिनेता सञ्जय दत्तको मुख्य भूमिका रहेको चलचित्र कन्नाडा, तमिल, तेलुगु, मलयालम हिन्दी भाषामा एकैसाथ रिलिज हुँदैछ ।
चलचित्र सन् २०१८ मा रिलिज भएको सुपरहिट ‘केजीएफ च्याप्टर १’ को सिक्वेल हो । यश र सञ्जयका साथै प्रकाश राज, मालविका अविनाश, रविना टण्डन र श्रीनिधि सेठ्ठी पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा छन् ।
प्रतिक्रिया दिनुहोस