८ भदौ, काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्वको अवसर पारेर “ड्याट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको छ ।
यस योजनामा ग्राहकलाई कूल २ लाख ४ हजार १५२ रुपैयाँ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटका साथै कार खरिद गर्ने ग्राहकलाई २८ हजार मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै १ वर्षको बिमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस