समाचार

नेप्सेका सीईओ साउदले दिए राजीनामा

Chandra Singh Saud

८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदबाट चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज साँझ ५ बजे नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिएको जानकारी दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित सीईओ साउद सेयर खरिद प्रकरणमा मुछिएका छन् । यसको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले ढुङ्गानासहित साउदलाई स्पष्टीकरण सोधिसकेको छ । यद्यपि, हालसम्म मन्त्रालयले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ पाइसकेको छैन ।

मन्त्रालयलाई चित्त बुझ्दो जवाफ नदिए पनि साउदले आफ्नो गल्ती सुधार गर्दै राजीनामा दिएका हुन् । खासगरी, साउद ‘बुक बिल्डिङ’मा साधारण सेयर (आईपीओ) सार्वजनिक गर्ने निर्णय गरेपछि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् ।

सेयर खरिद प्रकरणमा मुछिएका साउदको नेप्सेमा कार्यकाल सकिन अब ३ महिना मात्रै बाँकी थियो । उनले आजै अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *