समाचार

काठमाडौं उपत्यकामा थपिए ६८९ कोभिड संक्रमित

Corona Kathmandu

८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६८९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ५५८ पुगेको छ ।

आज देशभर ३५ हजार १४५ जना होम आइसोलेसनमा, ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा, ६२० जना आईसीयू तथा १७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस