
८ भदौ, काठमाडौं । रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेव बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा शुरुआत गरीएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने अग्रवाल बताउँछन् । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालले जानकारी दिए ।
शुरुआतमा नै ग्राहकहरुकालागि अफरहरु ल्याएको अग्रवाल बताउँछन्। भोजको पेमेन्ट पार्टनर ईसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशत सम्म छुट पाउने बताइएको छ । भोजले काठमाडौका ग्राहकहरुलाई जसरी नै बुटवल र भैरवाहामा पनि नयाँ नयाँ अफर सार्वजनिक गर्ने अग्रवालले बताए । उपत्यका बाहिर पहिलो पटक सेवा सुरु गरेको भोजले केही दिनमै भैरहवामा पनि सेवा दिने संचालक निकेत अग्रवाल बताउँछन् ।
अग्रवालले गौतम बुद्धको जन्मभूमिमा सेवा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने बताए । कोभिड १९ का कारणले ग्राहकहरु बाहिर जान रुचाउँदैनन । यो अवस्थामा सबै सुरक्षाका मापदंडसाथ ग्राहकका अफिस तथा घरमा उनिहरुको मनपर्ने खाना पुर्याएर निर्धक्क भई आफ्नो साथी, परिवार संग खान र रमाउने बाताबरण बनाउने अग्रवालको भनाइ छ ।
भोजको एन्ड्रोइड र आइओएस एप वा आधिकारिक वेबसाइट मार्फत अर्डर खानाको अर्डर गर्न सकिन्छ । ईन्टरनेटको पहुँचमा नहुनेले ०१-५९७००७० मा फोन गरेर पनि अर्डर गर्न सकिने बताइएको छ । ग्राहकहरूले इसेवा, फोनपे, आइएमइ पे, कनेक्ट आइपिएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन् । विदेशमा बसेका नेपालीहरुले आफन्तका लागी पनी अर्डर गर्न सक्नेछन् ।