कर्पोरेट

खल्तीले ल्यायो टिकटक बनाएर ५ हजार जिन्ने अफर

khalti tiktok

८ भदौ, काठमाडौं । खल्ती डिजिटल वालेटले टिकटक भिडियो बनाई ५ हजार जित्ने योजना ल्याएको छ । खल्तीको १०% क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई ५ हजार जित्न सकिने टिकटक च्यालेञ्ज प्रतियोगिता सार्वजनिक भएको हो ।

खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको जनाएको छ । यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोलाई ५ हजारका दरले पुरस्कृत गरिने खल्तीले जनाएको छ ।

यस च्यालेञ्ज​मा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०% क्यासब्याकलाई रमाइलो ढंगमा भिडियो मार्फत् देखाउन सक्नेछन् । खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्तीबाट रिचार्ज गरी १०% क्यास ब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ ।

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नु पर्ने खल्तीले जनाएको छ । साथै सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #Khalti10percentCashback and #KhaltiCashbackChallenge पनि क्याप्सनमा समावेश गर्नु पर्नेछ ।

खल्तीले एनसेल, नमस्ते र स्मार्ट सेलको टपअपमा नेपालकै सबै भन्दा बढी १०% क्यासब्याक अफर पनि संचालन गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *