मनोरञ्जन ताजा समाचार

‘कन्चना ३’ की अभिनेत्री एलेक्जेन्ड्रा मृत भेटिइन्

alexandra djavi

८ भदौ, काठमाडौं । चर्चित तमिल ‘हरर’ चलचित्र ‘कञ्चना ३’ की अभिनेत्री एलेक्जेन्ड्रा जावीको निधन भएको छ । रुसी मोडल तथा अभिनेत्री जावी उत्तरी गोवाको सिओलिममा रहेको अपार्टमेन्टमा मृत भेटिएकी हुन् । २४ वर्षीया एलेक्जेन्ड्रा २० अगस्टमा गोवाको अपार्टमेन्टमा झुन्डिएको अवस्था अवस्थामा भेटिएकी हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार, उनी आफ्नो प्रेमीसँग त्यो अपार्टमेन्टमा बस्दै आएकी थिइन् । गोवा प्रहरीले यो आत्महत्या भएको आशंका गरेको छ । यद्यपि प्रहरी पोस्टमार्टमको रिर्पोटको पर्खाइमा छ । गोवा प्रहरीका अनुसार उनी पछिल्लो केहीदिनदेखि तनावमा थिइन् र मानसिक तनावको औषधि सेवन गरिरहेकी थिइन् ।

प्रेमीको अनुपस्थिचिमा अपार्टमेन्टको किचेनको सिलिङ पंखामा रातो सारीले बेरेर झुन्डिएका अवस्थामा उनको शव भेटिएको थियो । अभिनेत्री एलेक्जेन्ड्राले सन् २०१९ मा चेन्नईका एक फोटोग्राफरविरुद्ध यौन शोषणको आरोप दर्ता गराएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस