समाचार

सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ

arrest

९ भदौ, सर्लाही । बरहथवा नगरपालिका ६ स्थित चोकबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका ८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका ५ बस्ने २८ वर्षीय अगबर अंसारी रहेका छन् ।

बीआर ३० जे ३०८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलको लेगगार्डमा झोलाभित्र झुण्डयाएर ल्याएको अवस्थामा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *