विश्व/प्रवास

अफगानीहरूलाई देश छाड्न नउक्साउन अमेरिकालाई तालिबानको चेतावनी

taliwan

९ भदौ, काठमाडौं । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानका नागरिकहरूलाई देश छाड्नका लागि नउक्साउन भन्दै अमेरिकालाई चेतावनी दिएको छ । अफगानिस्तानलाई पनि दक्ष जनशक्ति आवश्यक पर्ने हुँदा विदेशी राष्ट्रहरूले आफ्ना जनतालाई देश छाडेर जान प्रोत्साहन गर्न नहुने तालिबानका प्रवक्ताले बताएका हुन् ।

जबिहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा बोल्दै अफगानीहरू अब आ–आफ्नो घर गई पहिलेजसरी नै जागिरलाई निरन्तरता दिँदै सामान्य जीवनमा फर्कनुपर्ने बताए । उनले भने, “यहाँ कुनै खतरा छैन । त्यसैले अब हामी सँगै मिलिजुली बसौँ ।”

पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूका लागि सबै युद्ध अन्त्य भइसकेको फेरि पनि दोहो¥याए । आगामी दिनहरूमा कुनै लडाइँ वा कोलाहल नचाहेको उनले बताए । त्यस्तै, उनले अफगानी नागरिक काबुल विमानस्थल जान नपाउने तर विदेशीलाई भने अनुमति दिइएको पनि बताए । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस