खेलकुद समाचार

एनभीए भलिबल च्याम्पियनसिप असोजमा

volleyball

९ भदौ, काठमाडौं । एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आउँदो असोजमा हुने भएको छ । आयोजक नेपाल भलिबल संघले छैटौँ संस्करणको च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

प्रतियोगिता राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाइएको छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउनेछन् । क्लब लिग आउँदो चैतमा आयोजना हुने संघले जनाएको छ ।

संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरेको छ । अब विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् । तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *