सेयर मार्केट

सेयर बजारमा ४८ अंकको पहिरो, सबै समूह राताम्मे

share market nepal

९ भदौ, काठमाडौं । बुधबार सेयर बजारमा ४८ अंकको पहिरो गएको छ ।

हिजो ५६ अंकले घटेको बजारमा आज पनि ठूलो अंकको पहिरो गएपछि बुल चरण नै सकिएको हो कि भन्ने आशंका समेत लगानीकर्तामा बढेको छ । आजको कारोबारपछि परिसूचक ३०७६ अंकमा कायम भएको छ ।

यस दिन २१ कम्पनीको मूल्य बढेको छ भने १६२ कम्पनीको घटेको छ । सबै समूहहरु राताम्मे भएका छन् । बैंकिङ २९, विकास बैंक १६५, फाइनान्स २१, होटल तथा पर्यटन ५१, जलविद्युत १३, लगानी २, जीवन बीमा ३४४, उत्पादन १७५, निर्जीवन बीमा ४२२, अन्य ३२, ब्यापार ४१ र माइक्रोफाइनान्स ५८ अंकले घटेका छन् ।

यस दिन जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको मूल्य भने १० प्रतिशतले बढेको छ । माउन्टेन इनर्जीको मूल्य ७ प्रतिशतले बढेको छ । खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ भने जानाकी फाइनान्सको मूल्य ६ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस