समाचार

‘युरोप पठाइदिन्छु’ भन्दै ६ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

Thagi Pakrau

९ भदौ, काठमाडौं । वर्किङ भिसामा युरोप पठाइदिने भन्दै ६ जनालाई ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवार छन् ।

सुनुवारले काभ्रेपलाञ्चोकको भुम्लु घर भएका प्रेम कुमार लामा सहित ६ जनालाई ‘वर्किङ भिसामा लिथुनिया पठाउँछु’ भनेर ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

लिथुनिया जान प्रतिव्यक्ति ७ लाख लाग्छ भनेका सुनुवारले प्रतिव्यक्ति १ लाख लिएपछि सम्पर्क विहिन भएका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौं–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभाग, बुद्धनगरमा पठाइएको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *