
१० भदौ, काठमाडौं । एमयूएफसी विजयचोक युथ क्लब र प्रभु पेबीच ‘अफिसियल पेमेन्ट पार्टनर’ प्रायोजन सम्झौता भएको छ ।
सहिद स्मारक ‘सी’ डिभिजन छनोट खेलका लागि प्रभु पेले विजयचोक युथ क्लबलाई प्रयोजन गरेको हो । ‘वालेट अब मोबाइलमा’ नारा लिएर अघि बढेको ‘प्रभु पे’ नेपालको एक प्रतिष्ठित मोबाइल वालेट हो ।
यस वर्षको ‘सी’ डिभिजन लिग छनोट खेल आजदेखि सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको छनोट प्रतियोगिता सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ ।
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको नेपाली समर्थकहरूको समूह एमयूएफसी नेपाल र विजयचोक युथ क्लबले सहकार्य गर्दै यस वर्षको ‘सी’ डिभिजन लिग छनोट खेल्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस