समाचार

छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान, बुवा रिहा

arrest

१० भदौ, जनकपुरधाम । महोत्तरीमा छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान भएकी छन् ।

रामगोपालपुर नगरपालिका–६ का पाँच वर्षीय बालक रितेशको हत्या आरोपमा रागनीदेवी पुर्पक्षको लागि जेल चलान भएकी हुन् । रितेशका बुवा चन्द्रकिशोर यादव भने साधारण तारेखमा रिहा भएको महोत्तरी प्रहरीले जनाएको छ ।

गएको साउन १४ गते दिउँसो रागनीले रितेशको घाँटी थिचेर हत्या गरेको आरोप छ । घरदेखि ५० मिटर टाढा परालले छोपेर राखिएको अवस्थामा उनको शव फेला परेको थियो । उक्त घटनापछि बुवा र सौतेनी आमा दुवै फरार भएका थिए । प्रहरीले घटनाकै दिन बुवालाई महोत्तरीबाट र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

चन्द्रकिशोरले एक वर्षअगाडि रागनीसँग विवाह गरेका थिए । त्यसपछि जेठी श्रीमतीले पाँच र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा)लाई पतिकै जिम्ममा छाडेर माइतीमा बस्दै आएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *