१० भदौ, काठमाडौं । सुनको मूल्य लागातार दोश्रो दिन पनि घटेको छ । भदौ १० गते,बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।
यस दिन छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट भएर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बुधबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ ।
प्रतिक्रिया दिनुहोस