समाचार

१० केजी चरेससहित नवलपरासी (पश्चिम)बाट भारतीय नागरिक पक्राउ

arrest

१० भदौ, काठमाडौं । नवलपरासी (पश्चिम)बाट प्रहरीले १०  किलो चरेससहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरप्रदेशस्थित महाराजगञ्ज जिल्ला घर भएका ३७ वर्षीय राजेश यादव छन् ।

यादवलाई बिहीबार बिहान प्रतापपुर गउँपालिका–४ स्थित बर्दघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)का प्रवक्ता (डिएसपी) राजु लामाले बताए । प्रहरी चौकी पाचपेडाबाट खटिएको टोलीले उनको साथबाट पत्रिका र टेपले बेरेको अवस्थामा १० किलो चरेस बरामद गरेको छ । चरेश लिएर उनी भारतर्फ जाँदै थिए ।

धादिङबाट कारमा आएका व्यक्तिले आफुलाई सेमरी क्षेत्रमा चरेश दिएर फर्केको यादवले प्रहरीलाई बताएका छन् । भारतबाट चरेस लिन नवलपरासी (पश्चिम) मा आएका यादवलाई इलाका प्रहरी कार्यालय बेलटारीले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *