मुख्य समाचार

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

uml baithak

१० भदौ, काठमाडौं । नेता माधवकुमार नेपालले अलग पार्टी दर्ता गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ ।

एमाले विभाजनपछि बिहीबार पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम भने उपस्थित भएका छैनन् ।

आजको बैठकमा कार्यदलले तयार गरेको १० बुँदे कार्यान्वयनसम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवशन तथा स्थानीय अधिवेशनमाथि छलफल र पार्टीको विभाजन गरेका केन्द्रीय सदस्यहरुलाई कारबाही प्रक्रिया आगाडि बढाउने विषयलाई मुख्य एजेण्डा बनाइएको बताइएको छ ।

माधव कुमार नेपाल पक्षले बुधबार मात्रै नेकपा एकीकृत समाजवादी पार्टिका रुपमा निर्वाचन अयोगमा दल दर्ता गराउँदै प्रमाणपत्र पाएका थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस