१० भदौ, काठमाडौं । सुनसरीमा एकैदिन ८३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आर्थिक वर्षमा ३८३ जनाबाट ८० वर्ष दुई महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५०० रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, गाली–बेइज्जती मुद्दाका फरार प्रतिवादीहरू रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस