
१० भदौ, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १७ अंकले बढेको छ । यस दिन १७.५ अंकले बजार बढेर ३०९४ अंकमा पुगेको छ । यस दिन १०२ कम्पनीको मूल्य बढ्दा ७९ कम्पनीको भने घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
विकास बैंक २३८, फाइनान्स १२०, होटल तथा पर्यटन ११, जलविद्युत १७७ र माइक्रोफाइनान्स समूह ३८ अंकले बढेको छ । बैंकिङ ८, जीवन बीमा १५४, उत्पादन २५, निर्जीवन बीमा ५२, अन्य ६ र ब्यापार समूह ११ अंकले घटेका छन् ।
११ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, अरुणभ्याली हाइड्रो, कर्पोरेट डेभलपमेन्ट, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो, जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै खानीखोला हाइड्रो, सिनर्जी पावर र दिव्यश्वरी हाइड्रोपावरको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।
घट्ने कम्पनीको मूल्य गिरावट दर भने ४ प्रतिशत मुनि नै रह्यो । गुडविल फाइनान्सको डिवेन्चर८३, सिटिजन्स म्युचुअल फण्ड२ र लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य क्रमशः ३.९, ३.४ र ३.३ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको मूल्य २.३ प्रतिशतले घटेको छ ।