संगीत

हरिवंश र मिलनको ‘ए कालु भेना’ मा नाजिर र आँचल (भिडियो)

EH KALU BHENA

१० भदौ, काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य पछिल्लो समय अभिनयको अलवा गायनमा पनि सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ अहिले चर्चामा छ ।

अहिले भने आचार्यको स्वर रहेको अर्काे गीत ‘ए कालु भेना’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । हरिवंशकै शब्द तथा संगीत रहेको गीतमा किरण तुलाधरको एरेन्ज छ । गीतको आकर्षक भिडियो समेत बनको छ । जसको निर्देशन गम्भीर विष्टले गरेका हुन् ।

भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलको अभिनय देख्न सकिन्छ ।गाउँघरको परिवेश र त्यहाँको माहोल देखाउन खोजिएको भिडियोमा कोरियोग्राफी समेत गम्भिरको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट सार्वजनिक भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस