समाचार

थप २४३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

Corona ICU

१० भदौ, काठमाडौं । नेपालमा थप दुई हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ३७४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४३३ जनाको नतिजा पोजिटिभ आएको हो ।

नौ हजार ७०२ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ५२ र चार हजार ६७२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८१ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण २६ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस