विश्व/प्रवास

काबुल विमानस्थलबाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

Kabul Aiport

१० भदौ, काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर विस्फोट भएको छ । विमानस्थलबाहिर विस्फोट भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

विस्फोटमा परी महिला बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको र तालिबानका केही सुरक्षाकर्मीहरू घाइते भएका एक जना तालिबान अधिरकारीले बताएका छन् । बीबीसीका पत्रकार सेकुन्दर केर्मानीले मृतककाे संख्या अझै बढ्नसक्ने जनाएका छन् ।

समाचार एजेन्सी एपीले भने रुसी अधिकारीलाई उद्धृत गर्दै १३ जनाकाे मृत्यु भएकाे जनाएकाे छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले काबुल विमानस्थलबाहिर भएकाे विस्फाेटमा अमेरिकी नागरिककाे पनि हताहत भएकाे जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

अमेरिका लगायतका देशले काबुल विमानस्थलमा आतंकवादी हमला हुनसक्ने बताउँदै आएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *