समाचार

नेपालमा कोरोना र हैजाविरुद्धकाे खोपलाई ‘क्लिनिकल ट्रायल’को अनुमति दिने

Gyanendra Karki

१० भदौ, काठमाडौं । सरकारले काेराेना र हैजाविरुद्धकाे खोपको ‘क्लिनिकल ट्रायल’का लागि अनुमति दिएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काेराेनाकाे एमआरएनए खाेप र हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने गर्ने निर्णय गरेको हो ।

“काेराेनाकाे एमआरएनए खाेप र हैजा खोपको क्लिनिकट ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय भएको,” सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस