अटो

नयाँ टाटा सफारी नेपालमा, सुरुवाती मूल्य ८२ लाख

TATA Safari

१० भदौ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्रिमियम एसयूभी नयाँ टाटा सफारी बजारमा सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको याे गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।

आधुनिक युगका शक्तिशाली एवम् आकर्षक एसयूभी रुचाउने ग्राहकहरूलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ । साहसिक व्यक्तित्व (एडभेन्चर पर्सोना) झलक दिने नयाँ सफारीको डिजाइन ग्राहकहरूको इच्छा र आकांक्षा अनुरूप आकर्षक, बलियो र ‘स्पोर्टी’ रहेको छ । ‘ट्रोपिकल मिस्ट’ रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिहरूको सौन्दर्यबाट प्रभावित रहेको कम्पनीले जनाएको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का शो–रुमहरूमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ टाटा सफारीको नेपालमा विक्री वितरण बारे टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेसका प्रमुख मायांक बाल्डीले भने, “नेपाली बजारमा प्रिमियम फ्लैगसिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित छौँ ।

उत्कृष्ट डिजाइन,सुरक्षित र आरामदायी टाटा ‘फरेभर रेञ्जका’ गाडीहरूको तीन आधार स्तम्भहरू हुन् रयीआधार स्तम्भहरू हाम्रो दृढ प्रतिवद्धताको उपज हो ।” सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले यो गाडी बदलिँदो आकांक्षा एवम् जीवनशैलीसँग मेल खाने खालको रहेको बताए । “यस वर्षको चाडपर्व पूर्व नयाँ सफारी जस्तो उच्चतम विशेषता भएको ‘आइकोनिक’ ब्राण्ड नेपाली ग्राहकवर्गसामु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ,” उनले भने ।

गाडीमा २.० लिटरको टर्बो चार्जड्काइरोटेक इन्जिन रहेको छ । २७४१ मिलिमिटर चौडा व्हिलबेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्ड सहितओइस्तर सेतो रङ भएको भित्रीभाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आईज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित रहेको छ । सफारीको नयाँ अवतारमा टाटा मोटर्सले ओएमईजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेजमा आधारित रही ल्यान्ड रोभरको प्रख्यात डि ८ प्ल्याटफर्ममा निर्माण गरिएको कम्पनीले जनाएको छ । निलो , सेतो र खरानी रङमा पाइने यस एसयूभीको एक्सइ देखि एक्सजेटए+ सम्म ९ वटा मोडेलहरू छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस