समाचार

अफगानिस्तानबाट आज ११ नेपालीको उद्धार

Aafaganishtan

१० भदौ, काठमाडौं । अफगानिस्तानबाट आज ११ नेपालीको उद्धार भएको छ । उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली पुर्याइएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलका विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका ४२ जनालाई विभिन्न स्थानबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको जनाउँदै मन्त्रालयले विमानस्थल बाहिर जम्मा भएको भीडका कारण एकीकृत गरिएका सबैलाई विमानसम्म पुर्याउन विभिन्न तहमा समन्वय भइरहेको बताएको छ ।

अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँदिल्ली पुर्याइएकाहरूलाई स्वदेश ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको तथा काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म नखुलेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *