समाचार

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा युवकको मृत्यु

accident

११ भदौ, काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–६, सम्झनाचोकमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

स्कुटर चालक बाँकेको कोहलपुर नगरपालिका–११ का २७ वर्षीय मुक्तिराम सापकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

ना६ख ६८१७ नम्बरको ट्रक रोकिराखेको अवस्थामा गए राति करिब १२ बजे भे९प ७८५२ नम्बरको स्कुटर पछाडिपट्टि ठोक्किएको थियो । ट्रक चालकलाई प्रहरीचौकी सम्झनाचोकले नियन्त्रणमा लिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस