विश्व/प्रवास

तालिबानद्वारा १४० हिन्दु र सिखलाई काबुल छोड्न रोक

Kabul Airport

११ भदौ, काठमाडौं । काबुल विमानस्थलमा भारतीय वायुसेनाको एक विशेष विमान रोकिएको खबर छ ।

अंग्रेजीमा छापिने भारतीय पत्रिका ‘द हिन्दू’ पत्रिकाले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहलाई उद्धृत गर्दै तालिबानले कम्तीमा १४० अफगानी सिख, हिन्दु र अन्य मानिसहरुलाई काबुल विमानस्थल जानबाट रोकेका छन् ।

पुनित सिंह काबुलबाट मानिसहरुलाई निकाल्ने अभियानमा विदेश मन्त्रालय र भारतीय वायुसेनासँग समन्वयको काम गरिरहेका छन् । पत्रिकाका अनुसार यो घटनाका कारण वायुसेनाको विशेष विमानले उडान भर्न समय लाग्यो । यो विमान बुधबारदेखि काबुल विमानस्थललमा उडान भर्नका लागि प्रतिक्षा गरिरहेको थियो ।

‘इन्डिया वर्ल्ड फोरम’ का अनुसार तालिबानले बुधबार राती यी यात्रीलाई विमानस्थलबाट बाहिर फिर्ता पठाइदिए । यसअघि हिन्दू पत्रिकाले आफ्नो रिपोर्टमा बिहिबार बिहान लगभग २०० अफगान हिन्दू र सिख र अन्य देशका नागरिकलाई हिँड्न विमानस्थलमा पुग्नुपर्ने थियो । तर  तालिबानद्वारा यी यात्रीलाई रोकेपछि यो  फ्लाइटमा ढिलाई भएको थियो ।

अर्कोतर्फ तालिबानले आफूहरुले अफगान जनताले देश छोडून् भन्ने नचाहेको बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस