समाचार

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ

playing cards

११ भदौ, काठमाडौं । तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ महर्जन चोक बस्ने सुनील महर्जनको घरमा अवैध रूपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय अनिल महर्जनलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ३८ हजार १८५ रुपैयाँसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–३, नदीपुर बस्ने ३७ वर्षीया एकमाया रानामगरको घरमा तास खेलिरहेको अवस्थामा एकमायालगायत आठजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १३० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *