विश्व/प्रवास

काबुल बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो

kabul blast

११ भदौ, काठमाडौं । अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भइरहेको उद्धार कार्य अन्तिम चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बिहीबार साँझ काबुल विमानस्थलमा बम विस्फोट भए पनि उद्धार कार्य रोकिएको छैन ।

आक्रमणपछि उद्धार कार्यलाई अझै तीव्रता दिइएको छ । विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । अधिकांश अफगान नागरिकसहित १३ अमेरिकी सैनिकको मृत्यु भएको हो । विस्फोटमा तालिबान लडाकुको हताहती भएको विषयमा भने स्पष्ट हुन सकेको छैन ।

१५० भन्दा धेरै घाइते भएका छन् । अझै पनि आक्रमणको सम्भावना रहेकोे बताइएको छ । आक्रमणको इस्लामिक स्टेट–खोरासान (आइएस–के) ले जिम्मेवारी लिएको छ । अमेरिकाले राष्ट्रपति जो बाइडेनले आक्रमणको बदला लिने बताएका छन् । उनले जवाफी कारबाही गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

यही अगस्ट १५ मा तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेपछि उद्धार कार्य जारी छ । तालिबानसँग भएको समझदारीअनुसार अगस्ट ३१ को म्यादभित्र उद्धार कार्य सकिसक्ने अमेरिका र उसका साझेदारहरूले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस