मनोरञ्जन ताजा समाचार

धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज

ma ta marchu ki kya ho

११ भदौ, काठमाडौं । हास्यकलाकार जोडि धुर्मुुस–सुन्तली उर्फ सीताराम कट्टेल र कुञ्जना घिमिरेको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ सार्वजनिक भएको छ ।

धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो ओटीटी डिजिटल प्लेटफर्ममा सार्वजनिक भएको हो । शुक्रबारबाट ‘म त मर्छु कि क्या हो’ ओहो ‘मुभी एप’मा उपलब्ध भएको हो । दर्शकले निश्चित पैसा तिरेर यो हेर्न सकिन्छ ।

यसमा कमेडी जनरामा समसामायिक विषयमाथिको उठान र व्यङ्ग्य गरिएको छ । कुञ्जना र धुर्मुसका साथै कलाकार बुद्दि तामाङ, पल्पसा डंगोल, बिजय बराल, सुमन कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस