११ भदौ, काठमाडौं । हानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका जिम्मा लगाएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।
“चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरि विभिन्न प्रहरी वृत्तमा पठाएका छौँ । यस बाहेक अन्य मोटरसाइकलहरु सम्बन्धित धनिलाई सम्पर्क गरेर बुझाउने गरेका छौँ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस