विश्व/प्रवास

कोरियाका परमाणु दूतले वाशिङ्टन भ्रमण गर्ने

south korea

११ भदौ, काठमाडौं । दक्षिण कोरियाका परमाणु दूतले कोरियाली प्रायद्वीपका मुद्दामा छलफल गर्न यस सप्ताहन्तमा वाशिङ्टनको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारीअुनसार कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा मामिलाका लागि दक्षिण कोरियाका विशेष प्रतिनिधि नोह क्यू–डुकले अमेरिकाको चार दिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणको क्रममा नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग परामर्श गर्ने जनाइएको छ । उनी अमेरिकी विशेष प्रतिनिधि सुङ किमको निमन्त्रणामा आइतबारदेखि बुधबारसम्म वाशिङ्गटनको यात्रामा निस्कन लागेका हुन् ।

विषेश प्रतिनिधि नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग घनिष्ठ परामर्श जारी राख्ने अपेक्षा गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस