समाचार

काठमाडौंमा थपिए ७१५ कोरोना संक्रमित

kathmandu valley

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१५ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन् ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार ७८४ पुगेको छ । आज देशभर ३४ हजार ६७६ जना होम आइसोलेसनमा, २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा, ६२२ जना आईसीयू तथा १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस