समाचार

खोप नलगाएका विद्यार्थी पनि परीक्षामा सहभागी हुन स्वास्थ्य मन्त्रालयको आग्रह

Health Ministry

११ भदौ, काठमाडौं । सरकारले ‘प्लस टु’ र विश्वविद्यालय तहका १८ वर्षमाथिका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअनुसार सरकारले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एस्ट्राजेनेका खोप दिने निर्णय पनि गरेको छ ।

तर, उमेर नपुगेका, कुनै स्वास्थ्य समस्या भएका र वा अन्य कारणले खोप नलगाएका विद्यार्थी पनि परीक्षामा सामेल हुन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । खोप नलगाएका विद्यार्थीलाई स्वास्थ्यका मापदण्ड अपनाएर परीक्षामा सामेल हुन मन्त्रालयले अनुरोध गरेको छ ।

परीक्षामा सहभागी हुनेमध्ये एक तिहाइ विद्यार्थीलाई खोप लगाएर भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्नसके जोखिम कम हुने विज्ञहरूले बताउँदै आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस