लुम्बिनी प्रदेश

राप्ती प्रादेशिक अस्पतालका प्रमुखकाे अनुहारमा माेसाे दलियाे

rapti zonal hospital

११ भदौ, दाङ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका  प्रमुखलाई एक समूहले मोसो दलेको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले दिएको जानकारीअनुसार  सर्जन परियारको नेतृत्वमा गएको ३/४ जनाको समूहले सिंहकाे कार्यकक्षमै मोसो दलेका हुन् ।

घटनामा संलग्न युवाको खोजी कार्य जारी छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्काकाविरुद्धमा उजुरी परेको प्रहरीले बताएको छ । टाइडफाइड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि डा. सिंहलाई कार्यकक्षमै पुगेर उनीहरूले कालो मोसो दलेको एसपी काफलेले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सिंहलाई कालोमासो दलेपछि त्यसको विरोधमा अस्पतालले इमरजेन्सी, डाइलासिस र गाइने वार्डबाहेक सबै सेवा बन्द गरेेकाे छ । अस्पताल प्रसाशनले मोसो दलेर फरार रहेको परियारको समूहलाई पक्राउ नगर्दासम्म अस्पतालको अन्य सेवा बन्द राख्ने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस