१२ भदौ, काठमाडौं । अमेरिकी सरकारले विश्वमा पहिलोपटक हरिणमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । अमेरिकी कृषिविज्ञान विभागले ओहिओ प्रान्तमा जंगली जनावर हरिणको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
यद्यपि, हरिणमा कोरोनाको कुनै लक्षण नरहेको अधिकारीलाई उद्दृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । यसअघि अघि कुकुर, बिरालो, बाघ, सिंह, हिमचितुवा, गुरिल्ला, लोखर्केमा कोरोना संक्रमण पुष्टि भइसकेको रोयटर्सले उल्लेख गरेको छ ।
विश्वभर मान्छेसँग नजिक भएका जनावरमा संक्रमण देखिने गरेको पनि वताइएको छ ।
प्रतिक्रिया दिनुहोस