समाचार

काठमाडौं उपत्यकामा ५४९ संक्रमित थपिए

kathmandu traffic

१२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ८५७ जनामा संक्रमण देखिएको थियो ।

त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४९ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३७० जना छन् । यस्तै, ललितपुरमा ६७ र भक्तपुरमा ११२ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २७ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२२ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस