समाचार

कुखुरा फार्ममा आगलागी, ६३० चल्ला जले

fire

१२ भदौ, सप्तरी । सप्तरीको तिलाठीकोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६३० कुखुराको चल्ला जलेर मरेका छन् ।

तिलाठीकोइलाडी गाउँपालिका–७, कट्टीटोलस्थित संगीता कृषि फार्ममा बिजुलीको तार सर्ट भई सल्किएको आगोले ६३० कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुखुराको फार्मसहित ६३० कुखुराको चल्ला, २० बोरा दाना, पंखाहरु जलेर नष्ट हुँदा करिब ६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको बताए ।

वारुणयन्त्र जाने बाटो नहुँदा आगो निभाउन वारुणयन्त्र पुग्न नसकेको कृषि फार्मका सञ्चालक चन्द्रभूषणकुमार सिंहले (राजन) जानकारी दिए । प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *