समाचार

मोटरसाइकल चोरेर भाग्दाभाग्दै पक्राउ

pakrau

१२ भदौ, काठमाडौं । मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–१३, तेजारथ टोल बस्ने ३१ वर्षीय सुशीम अधिकारीको घरमा पार्किङ गरी राखिएको ना२२प ५७५० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा वीरगन्ज–१४, पिपरा बस्ने २८ वर्षीय राधे पटेललाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलको लक खोली चोरी गरी भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले मोटरसाइकल धनीको सहयोगमा उक्त मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *