विश्व/प्रवास

अफगानिस्तानमा ४.५ म्याग्निच्युडको भूकम्प

Afghan Earthquake

१२ भदौ, काठमाडौं । तालिबान विद्रोहीहरूले सत्ताकब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ ।

स्थानीय समयानुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार ४.५ म्याग्निच्युडको भूकम्पका कारण आम नागरिकमा त्रास फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरूले जनाएका छन् ।

भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस