१२ भदौ, काबुल । इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको बम आक्रमणमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ ।
शनिबार साँझसम्म १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु पुष्टि भएको बीबीसीले जनाएको छ । गएको बिहीबार अपराह्न काबुल विमानस्थलबाहिर आत्मघाती बम विस्फोट भएको थियो ।
यही अगस्ट १५ मा तालिबानले सत्ताकब्जा गरेसँगै अफगानिस्तानको अवस्था अस्तव्यस्त बनेको छ । समाचार एजेन्सी एपीका अनुसार विमानस्थलमा देश छोड्न चाहनेहरूको भिड लागेको छ । काबुलका बैंक तथा क्यास सेन्टरबाहिर दर्जनौँ प्रदर्शन भइरहेका छन् ।
पछिल्लो समय पाकिस्तानतर्फको सीमा क्षेत्रबाट पनि अफगान नागरिकले देश छोड्ने प्रयास गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस