समाचार

हेलम्बु राजमार्ग अवरुद्ध, पैराबारीका घर जोखिममा

pahiro

१३ भदौ, सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३, मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।

पैराबारीका घर जोखिममा
बाटो माथिबाट पहिरोसँगै ढुंगा खस्दा मेलम्ची–१०, रामपुर, पैराबारीका घर जोखिममा परेका छन् ।

गत वर्षदेखि नै पैराबारी–ज्यामिरे बाटो खन्ने क्रममा ढुंगा खसेर बसेको र यस वर्ष पनि ढुंगा खस्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिए । बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उनले बताए ।

ढुंगा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न–सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ । ढुंगा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखि नै नगरलाई गराए पनि चासो नदिएको उनले दुःखेसो गरे ।

पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था रहेकाले स्थानीयवासीले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस