सुनचाँदी

सुनको मूल्य स्थिर,चाँदीमा सामान्य वृद्धि

gold shop

१३ भदौ, काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य स्थिर हुँदा चाँदीमा भने सामान्य बृद्धि देखिएको छ । भदौ १३ गते, आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आइतबार सामान्य वृद्धि भएको छ । नेपाली बजारमा आजकालागि चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम कारोबार दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस