
१३ भदौ, काठमाडौं । मेगा बैंकका ग्राहकलाई ओम अस्पताल तथा रिसर्च सेन्टरले छुट दिने भएको छ ।
बैंक र अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसैगरी, बैंकका ग्राहकलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने पनि सहमति भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस