
१३ भदौ, काठमाडौं । काठमाडौंमा वाग्मती नदीमा हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् । उनको पहिचान खुलेको छैन ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी मिङ लामाका अनुसार कोटेश्वरको नरेफाँट क्षेत्रबाट ती महिलाले वाग्मतीमा हामफालेकी थिइन् ।
उनी सडकमा मागेर जीवन निर्वाह गर्दै आएको महिला भएको बताइएको छ । उनको शव पाटन क्षेत्रमा फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस