समाचार

पहिरोका कारण त्रिभुवनराजपथ अवरुद्ध

Pahiro

१३ भदौ, धादिङ । सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ ।

नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानी खोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन् । पानी परिरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएका कारण सवारी साधनको सात किलोमिटरसम्मको लाइन लागेको छ । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस