समाचार

दाङमा घरायसी विवादमा श्रीमतीले श्रीमानकाे हत्या गरिन्

death youth

१३ भदौ, दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमानकाे हत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए ।

आज बिहान ३ बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरीसमक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस